Skip This
धान गोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धान गोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १८:२o:oo

धनकुटा नगरपालिका–८, शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहीबार दिउँसो ३ बजेतिर घरनजिकैको खेतमा धान गोड्ने क्रममा अचानक विद्युतको तार खसेर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।

घटनाको जानकारी पाएलगत्तै धनकुटाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शवलाई आजै जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भएको धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर राईले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।