Skip This
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ सकियो, जेठ २८ मा फैसला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ सकियो, जेठ २८ मा फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १७:४५:oo

अध्यादेशमार्फत कानुन संशोधन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ सकिएको छ। संवैधानिक इजलासमा बिहीबार सुनुवाइ गरिएको हो। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले २८ जेठमा निर्णय सुनाउने आदेश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ र २०७८ मा संवधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरी एकलौटी रूपमा संसदीय सुनुवाइविना विभिन्न निकायमा ५२ जनालाई नियुक्त गरेका थिए। त्यसविरुद्ध परेका रिटमा चार वर्षपछि सुनुवाइ भएको हो।