१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भृकुटीमण्डपमा दसौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १o:५४:oo

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ को उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । मेला २९ वैशाखसम्म चल्नेछ ।

उक्त अवसरमा उद्योगमन्त्री भण्डारीले सरकारले निजी क्षेत्रको सुझावअनुसार नीतिगत सुधारका लागि काम गरिरहको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।

‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यो मेलाले यस्ता अवसरको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।’ संसद्मा पेस भएको नीति तथा कार्यक्रममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताउँदै उनले देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।

सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए ।