१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्य व्यवस्था समितिमा निजामती विधेयकको मस्यौदा प्रतिवेदन तयार, आइतबार पेस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १९:oo:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ।

लामो विवाद र छलफलपछि समितिले विधेयकको प्रतिवेदन तयार गरेको हो। आइतबार उक्त प्रतिवेदन निर्णयका लागि समितिमा पेस गर्ने समयतालिका छ। समितिका सचिव सुरजकुमार दुराले विधेयकको मस्यौदा टुंगिएको नयाँ पत्रिकालाई बताए।

‘मस्यौदा तयार भएको छ,’ उनले भने, ‘प्रतिवेदन आइतबार समितिमा पेस हुन्छ।’ विधेयकका व्यवस्थामा लगभग सहमति कायम गरेरै मस्यौदा प्रतिवेदन तयार गरिएको छ। समितिले चित्त नबुझाए वा आवश्यक ठाने प्रतिवेदन संशोधन पनि हुन सक्ने सचिव दुराले बताए।

राजनीतिक अनिच्छा र कर्मचारी तथा प्रशासकका अनेकौँ स्वार्थ एवं दबाबले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दासमेत संघीय निजामती ऐन जारी हुन सकेको छैन। ऐन नहुँदा संघदेखि स्थानीय तहसम्मै प्रशासनिक व्यवस्थापनमा कठिनता देखिएका छन्।  कर्मचारी खटनपटनदेखि पटकपटक ऐनका लागि भएका प्रयास पनि सफल भएनन्। ऐनको विधेयक पछिल्लोपटक संसदमा दर्ता भएको पनि एक वर्ष नाघिसकेको छ।

अहिले भने संसद्को चालू अधिवेशनबाटै निजामती ऐन ल्याउने तयारी छ। केही दिनअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि संघीय निजामती सेवासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ।