१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख १९ शुक्रबार २१:४८:oo
Read Time : > 1 मिनेट
विश्व

टिकटकलाई ५३ करोड युरो जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार २१:४८:oo

युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चितता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार इयूले ५३ करोड युरो (करिब ६० करोड अमेरिकी डलर)को ठुलो जरिवाना तिराउने निर्णय छ । 

संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिवानाको अपिल गर्ने योजना बनाएको बताएको छ। उसले युरोपेली प्रयोगकर्ताको तथ्यांकका लागि चिनियाँ अधिकारीहरूबाट ‘कहिल्यै अनुरोध प्राप्त नभएको’ बताएको छ।  
आयरल्यान्डको तथ्यांक सुरक्षा अनुगमन संस्थाका अनुसार चीनको स्वामित्वमा रहेको विश्वप्रसिद्ध सामाजिक सञ्जाल टिकटकले अनुसन्धानका क्रममा चीनमा युरोपेली तथ्यांक ‘होस्ट’ गरेको स्वीकार गरेको थियो।  
टिकटकले डाटा ट्रान्सफरको वैधानिकताबारे अनुसन्धान गरेपछि इयूले लगाएको यो दोस्रो ठुलो जरिवाना हो ।  
सन् २०२३ मा आयरल्यान्डको तथ्यांक संरक्षण आयोगले टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको थियो ।
 
टिकटक विशाल चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको एक विभाग हो। टिकटकका साथै गुगल, मेटा र एक्सजस्ता अन्य सामाजिक सञ्जाल युरोपेली मुख्यालय आयरल्यान्डमा भएकाले आयरिस प्राधिकरण सामाजिक प्लाटफर्मको लागि युरोपमा प्रमुख नियामक हो । 
 
डिपिसीका उपआयुक्त ग्राहम डोयलले भने, ‘टिकटकले युरोपेली प्रयोगकर्ताहरूको व्यक्तिगत तथ्यांक चीनमा कर्मचारीहरूको पहुँचबाट टाढा गरेका थिए र इयूले ग्यारेन्टी गरेको स्तरको सुरक्षा प्रदान गरिएको थियो भनी पुष्टि, सुनिश्चितता र प्रदर्शन गर्न असफल भएको छ ।’ 

डोयलले एक विज्ञप्तिमा  भनेका छन्, ‘टिकटकले चिनियाँ आतंकवादविरोधी, जासुसीविरोधी र टिकटकले पहिचान गरेका अन्य कानूनअन्तर्गत युरोपेलीहरूको व्यक्तिगत तथ्यांकमा चिनियाँ अधिकारीहरूको सम्भावित पहुँचलाई सम्बोधन गरेको छैन।’

उक्त फैसलाको जवाफमा टिकटक युरोपकी क्रिस्टिन ग्राहनले  भने, ‘टिकटकले कहिल्यै पनि युरोपेली प्रयोगकर्ताको तथ्यांक चीनलाई उपलब्ध गराएको छैन ।’ उनले भने, ‘हामी यो निर्णयसँग असहमत छौँ र यसलाई पूर्ण रूपमा अपिल गर्न चाहन्छौँ।’
 
चीनले जासुसी वा प्रोपोगान्डाका लागि व्यक्तिगत तथ्यांक प्रयोग गर्न सक्ने डरले टिकटक वर्षौँदेखि पश्चिमा सरकारहरूको घेराबन्दीमा परेको छ ।