१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १९ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o८:o५:oo

सन् २०११ : १० वर्षअघि सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका मास्टरमाइन्ड ओसामा बिन लादेन अमेरिकी विशेष सैन्य अपरेसनमा पाकिस्तानको अटोबाबादमा मारिए । 

सन् १८६५ : अमेरिकी राष्ट्रपति एन्ड्रयु जोनसनले अमेरिकाबाट छुट्टिएर गएको कन्फडरेट स्टेट अफ अमेरिकाका राष्ट्रपति जेफर्सन डेभिसलाई पक्रनेलाई एक लाख डलर दिने घोषणा गरे । 

सन् १९२१ : चर्चित भारतीय फिल्म निर्देशक सत्यजित रे आजकै दिन जन्मिएका थिए । 

सन् १९३३ : हिटलरले जर्मनीमा मजदुर नेतालाई पक्राउ गरेर देशभरका मजदुर संगठनमाथि प्रतिबन्ध लगाए । नाजीले मजदुरको अवस्थाबारे निर्णय गर्न ट्रेड युनियनको स्थानमा राज्य नियन्त्रित जर्मन श्रमिक मोर्चा गठन गरेका थिए । 

सन् १९४५ : १२ दिन लामो सहरी युद्धपछि अन्ततः जर्मन जनरल हेलमुथ बेइडलिङले सोभियत फौजसामु आत्मसमर्पण गरेसँगै जर्मन राजधानी बर्लिन नाजीमुक्त बन्यो । 

सन् १९५३ : बेलायतको सहयोगमा ह्यासेमाइट परिवारका सदस्य फैजल द्वितीय इराकका राजा बनाइए । 

सन् १९८९ : मिकलोस नेमेथ नेतृत्वको हंगेरी सरकारले अस्ट्रियासँगको सिमानामा लागेको विद्युतीय तार काटेसँगै शीतयुद्धकालीन कठोर सिमाना तोडिने क्रम सुरु भयो । 

सन् २०१८ : स्पेनबाट अलग हुन ६० वर्षदेखि सशस्त्र आन्दोलन गरिरहेको बास्क पृथकतावादी समूह ‘इटा’ले संगठन भंग गरेको घोषणा गर्‍यो ।