१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १२ को परीक्षाको तयारीमा जुट्न बोर्डको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

शिक्षक आन्दोलन रोकिएपछि कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । २१ वैशाखदेखि १ जेठसम्म हुने परीक्षाका लागि आन्तरिक तयारी गर्न सबै विद्यालयलाई बोर्डले आग्रह गरेको हो ।

बोर्डले परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायलाई पहिले नै आवश्यक पत्राचार गरेकाले सम्बन्धित निकायबाट परीक्षा सञ्चालनको पूर्वतयारीका बाँकी सम्पूर्ण काम सम्पन्न गर्न केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकायलाई अनुरोध गरेको छ ।

बोर्डले विज्ञप्तिमार्फत परीक्षाबारे अनावश्यक हल्ला फैलाइएको भन्दै निर्धारित समयमै परीक्षा हुने स्पष्टसमेत पारेको छ । यसपटक कक्षा १२ को परीक्षा ११ वैशाखदेखि हुने भनिए पनि शिक्षक आन्दोलनका कारण २१ वैशाखलाई सारिएको थियो ।

शिक्षक र सरकारबिच बुधबार सहमति जुटेपछि बोर्डले परीक्षाको तयारीसम्बन्धी कार्यलाई तीव्रता दिएको छ । यसपटक कक्षा १२ को परीक्षामा पाँच लाख ५० हजार विद्यार्थी सामेल हुँदै छन् ।