१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा यामाहाको एक्सचेन्ज अफर १९ वैशाखसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार ११:२६:oo

यामाहाको नेपालस्थित अधिकृत विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘ब्लु फेस्ट’को सफलतापछि काठमाडौं उपत्यकाका दुईपांग्रे सवारीसाधन पारखीका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अुनसार १४ बाट सुरु भएको यो अफर १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक सोरुमहरूमा लागू हुनेछ । ग्राहकलाई फेरि एकपटक एक्सचेन्ज र उत्सवको अवसर प्रदान गर्न एक्सेन्च अफर ल्याएको बताइएको छ ।

अफर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको पुरानो सवारीसाधनमा न्यूनतम  २५ हजारको मूल्यांकन पाउनेछन् । त्यसका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य आवश्यक पर्नेछ । त्यसैगरी, एक्सचेन्ज भ्यालु बढाउन थप १० हजारकोे अतिरिक्त मूल्यांकन हुनेछ ।

त्यसैगरी, अन्य सुविधामा ग्राहकले धरौटीविना नै सजिलो फाइनान्सिङ, ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी, ‘थ्रिल अफ’ अफरअन्तर्गत एक लाखसम्मको स्योर सट छुट पाउनेछन् । साथै, उपहारमा हेल्मेट, लेगगार्ड, फुट म्याट, स्पोर्टस् ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिज पनि एक्सचेन्ज मेलामा पाइनेछ । 

यामाहाका भर्साटायल र डाइनामिक मोडेलले चालकका लागि उपयुक्त रोजाइ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । हाई–माइलेज र स्मार्ट पर्फमेन्सका लागि डिजाइन गरिएको रे–जेडआर१२५ एफआई हाइब्रिडदेखि स्पोर्टी र आक्रामक आर१५ सम्मका मोडेल उपलब्ध हुनेछन् । नेपालमा एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि विश्वासिलो ब्रान्ड भएको कम्पनीको दाबी छ ।