१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरीको सातै प्रदेश नेतृत्वविहीन

६ एआइजीको पदस्थापन, सिआइबीमा खापुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

सत्तारूढ दलहरूबिच सरुवामा ‘भागबन्डा’ नमिल्दा प्रहरीका सातै प्रदेश नेतृत्वविहीन बनेका छन् । सातमध्ये तीन प्रदेश त ४३ दिनदेखि निमित्तको भरमा छन् । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रहरी कार्यालय गत ४ चैतदेखि नै निमित्तको भरमा चलेका छन् । कोशी, मधेश, बागमती र लुम्बिनीमा कार्यरत डिआइजी पनि गत सोमबार एआइजीमा बढुवा भएपछि रिक्त भएका छन् । तर, गृह मन्त्रालयले डिआइजी खटाउन सकेको छैन । 

गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार पनि छलफल भएको थियो । तर, कसलाई कहाँ पठाउने सहमति हुन नसकेपछि निर्णय हुन सकेन । प्रदेशहरू लामो समयदेखि निमित्तको भरमा चल्दा त्यहाँ समस्या देखिन थालेको छ । ‘सरुवामा अस्वस्थ चलखेल नै मुख्य कारण हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीका हरेक तहको सरुवामा पछिल्लो समय यस्तै चलखेल देखिन्छ ।’ एसपीको सरुवा पनि १५ महिनापछि सोमबार गरिएको थियो । त्यसमा पनि सरुवाको मापदण्ड मिचिएकोमा आलोचना भइरहेको छ । चर्काे राजनीतीकरणकै कारण रिक्त रहेका डिआइजी पदमा पनि बढुवा हुन सकेको छैन । हाल डिआइजीका १० पद रिक्त छन् ।

६ एआइजीको पदस्थापन, सिआइबीमा खापुङ 
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ६ डिआइजीलाई एआइजीमा बढुवा गरी जिम्मेवारी तोकेको छ । एआइजी चन्द्रकुवेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मा पोखरेललाई प्रशासन विभाग, दानबहादुर कार्कीलाई मानवस्रोत विकास विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र डा. मनोजकुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।