१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार o९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशीमा ओखलढुंगा प्रहरी सर्वोत्कृष्ट, सोलुखुम्बु कमजोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार o९:२६:oo

कोशी प्रदेशमा ओखलढुंगा प्रहरी उत्कृष्ट बनेको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ जिल्ला र प्रदेश भित्रका अन्य सात गरी २१ वटा प्रहरी कार्यालयमा गरेको मुल्यांकनमा ओखलढुंगा प्रहरी उत्कृष्ट बनेको हो । कोशी प्रदेश प्रहरी कार्यालयसँग प्रदेश भित्रका जिल्ला प्रहरी र ७ अन्य प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार चालु आर्थिक वर्षको नौ  महिनाको कार्यसम्पादन मुल्यांकनमा एक सयमा ९३.०९ अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पहिलो बनेको हो । 

प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाएको कामको विभागिय मुल्यांकन भएको ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले बताए। गतवर्ष पनि ओखलढुंगा प्रहरी प्रदेशमा पहिलो बनेको थियो । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको जिल्लागत मुल्यांकनमा ९३.०९ अंक प्राप्त गर्दै ओखलढुंगा पहिलो बन्दा छिमेकी जिल्ला सोलुखुम्बु ७६.९१ अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ । 

भोजपुरले ९२.९८, खोटाङले ९०.८५, पाँचथरले ८९.७५, धनकुटाले ८९.७०, ताप्लेजुङले ८९.६१, सुनसरीले ८८.१४, संखुवासभाले ८७.८८, तेह्रथुमले ८५.५७, उदयपुरले ८५.५४, मोरङले ८५.४२, ईलामले ८२.७१, झापाले ८१.०० अंक ल्याएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला/जिल्लाका प्रहरी कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेर त्यसका आधारमा मुल्यांकन गर्दै पृष्ठपोषण दिने गरेको छ।