१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अछामको अध्यक्षमा उपाध्याय सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार o९:१६:oo

नेकपा (एमाले) जिल्ला कमिटी अछामको अध्यक्षमा शिवप्रसद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् । लामो छलफल र परामर्शपछि उपाध्यायको नाममा सहमति भएको हो । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीका अनुसार उपाध्यक्षमा तिलक कुवँर, सचिवमा हिरण्ड भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत भएका छन् ।

जम्मा ८५ जनाको कमिटीका अरु सदस्य र सातजना लेखा समितिका पदाधिकारीहरु समेत सर्वसम्मत चुनिएको जैसीले बताए । अध्यक्षका लागी उपाध्याय सहित यसअघिका अध्यक्ष चन्द्र बोहरा र नेता बमबहादुर बीसीको पनि चर्चा थियो ।

उपाध्यक्षमा यसअघिका उपसचिव डम्बर बीसीले समेत दाबी गर्दै आएका थिए । मुख्य चर्चामा रहेका उनीहरु लगायतका अन्य आकांक्षीलाई सहमतिमा ल्याउन जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सिना, पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुवँर सम्मिलित अध्यक्ष मण्डल गठन गरेर दुईदिन सम्म परामर्श गरे पश्चात नेतृत्वका विषयमा सहमती भएको नेता बमबहादुर बीसीले बताए । आन्तरीक छलफल गरेपछि सबैको सहमतीमा पदाधीकारीहरुको टुंगो लगाइएको उनले बताए ।