
सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने निर्णय गरेको थियो ।
केही दिनअघि एक कार्यक्रममा काँग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
साथै सर्वाेच्चले अदालतमा विचाराधिन विषयमा अभिव्यक्ति नदिन पनि नेता थापालाई आदेश गरेको छ।
नेता थापाले संवैधानिक नियुक्तिसम्बन्धि मुद्दामा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना मुद्दा दायर भएको हो।