१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर महानगरले भन्यो– भोलिदेखि शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

ललितपुर महानगरपालिकाले भोलि मंगलबार (१६ वैशाख)देखि शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न भनेको छ। 

सर्वोच्च अदालतको आदेशबारे स्मरण गराउँदै महानगरले भोलिदेखि सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन गर्न महानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको हो। सर्वोच्च अदालतले शिक्षकका माग तत्काल सम्बोधनको निर्णय गरेर तीन दिनभित्र विद्यालय फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।

‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू ०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू, गराउनू हुन अनुरोध छ,’ महानगरले भनेको छ।

महानगरपालिकाले ल्याएको शैक्षिक कार्यपात्रोअनुसार पनि विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू सञ्चालन हुन नसकेको विषयमा पनि महानगरले ध्यानाकर्षण गराएको छ।