१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
Invalid date format o९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

गोरखामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा सहिद लखन गाउँपालिका– १, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका वेला एक्कासि परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए। घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै, आइतबार साँझ नै पालुङटार नगरपालिका– ७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमाया आले, १८ वर्षीया  विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।