१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राइम कमर्सियल बैंक नेपाल पेमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

प्राइम कमर्सियल बैंक र नेपालल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेको प्रिसिन्पल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ ।

बैंक, वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड जारी र प्राप्तिका लागि आफ्नो स्विच एकीकृत गर्न आग्रह गरेको थियो । त्यससँगै बैंक, वित्तीय संस्था नेपाल पेमा आबद्ध भइरहेका छन् । पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् यस बैंकका ग्राहकले कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । 

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिनलागेको एनसिएचएलले जनाएको छ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।