
सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू आउने क्रम सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एकदिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ । कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।