१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदर्शनीमार्गमा आज एमालेको कार्यक्रम हुने भएपछि सवारीसाधनको बाटो हेरफेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा एमालेको आज हुने कार्यक्रमका लागि स्टेज निर्माण गरिएकाले उक्त स्थान हुँदै चल्ने सवारीसाधनलाई पद्मोदयमोड, सभागृहमोड  र  मोडेल अस्पताल नजिकैबाट ड्राइभर्सन गरिएको छ ।

कार्यक्रममा  आउने ठुला  सवारीसाधनलाई टुँडिखेल, साना चारपाङ्ग्रे  सवारीसाधनलाई  त्रिपुरेश्वरस्थित  दशरथ  रंगशाला  र दुईपाङ्ग्रे  सवारीसाधनलाई  भने रामशाहपथस्थित काठमाडौंं उपत्यका  ट्राफिक प्रहरी कार्यालयनजिकै  पार्किङको व्यवस्था  मिलाइएको  छ।  तोकिएको  स्थानमा सवारी साधन पार्किङ गी  सवारी आवागमन सहज बनाउन सहयोग गर्न सम्बन्धित सबैलाई  ट्राफिक प्रहरीले आग्रह  गरेको छ।  मानिसहरू भेला भएका कारण बबरमहलबाट  माइतीघर हुँदै   थापाथलीतर्फ  आउने   सवारीसाधनलाई  यतिवेला  मुख्य  लेनबाट चलाइएको छ।

कलंकीस्थित एलआरआई मोड हुँदै चल्ने सवारीसाधनलाई पनि वैकल्पिक मार्गबाट पठाइएको  छ।  धुलो उडेको  विषयलाई  लिएर स्थानीयले सडकमा अवरोध  गरेका  कारण  सवारी साधनलाई  वैकल्पिक  मार्गबाट  पठाइएको  हो।  

पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौं उपत्यकास्थित लोकन्थली, जडीबुटी, कोटेश्वर, चाबहिल, नयाँ बसपार्कगेट, सोह्रखुट्टे, लैनचौर, केशरमहल, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल र  त्रिपुरेश्वर  हुँदै चल्ने सवारीसाधन यतिवेला केही क्युमा  चलिरहेका  छन्।

क्यु  रहेका  स्थानमा  ट्राफिक  प्रहरीले सवारी आवागमन  सहज  बनाउने  प्रयास गरिरहेको  छ। यसबाहेक  अन्य  चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ। विभिन्न नाका प्रयोग गरी काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन भने सामान्य  रहेको  ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।