Skip This
काठमाडौं महानगरले नौ महिनामा उठायो सात अर्ब राजस्व 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १० बुधबार १o:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरले नौ महिनामा उठायो सात अर्ब राजस्व 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १o:५२:oo

काठमाडौं महानगरपालिकाको राजस्व वृद्धि भएको छ । चालू आर्थिक वर्षको ०८२ वैशाख ७ गतेसम्ममा  महानगरपालिकाले सात अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको आर्थिक वर्षको तुलनामा धेरै शीर्षकमा राजस्व बढेको महानगरपालिकाले जनाएको छ। 

घरबहाल करमा २५ करोड ५३ लाख दुई हजार ४२ रुपैयाँ बढी संकलन भएको छ । यस शीर्षकमा आर्थिक वर्ष ०८०/८१ मा एक अर्ब ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार यस शीर्षकमा चालू आर्थिक वर्षको यस अवधिमा दुई अर्ब ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ राजस्व संकलन भएको छ ।  

यस्तै, सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँ बढी राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षको यस अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन भएको छ । 

न्यायिक दस्तुरमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा एक करोड ६७ लाख ४० हजार पाँच सय रुपैयाँ, भूमिकर–मालपोत करमा एक लाख ९० हजार ८७० रुपैयाँ, सिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ बढी रकम जम्मा भएको छ ।
 
राजस्व बढ्नुका कारणबारे जानकारी दिँदै अधिकारीले  भने, ‘व्यवसाय कर टोली नियमित परिचालन गरेका छौँ । एक लाख रुपैयाँभन्दा बढी कर तिर्दै आउनुभएका करदातालाई पत्र पठाएर कर तिर्न अनुरोध गरेका छौँ । आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर गएको वर्ष राजस्व कार्यालयमा घरबहाल कर तिरेका करदाताको विवरण महानगरपालिकाको विवरणमा समेटेका छौँ ।’ 

सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सापास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । यो शीर्षकमा गएको वर्ष ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँ संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ संकलन भएको छ । यो गएको वर्षभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो । अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यस शीर्षकमा गएको वर्षभन्दा दुई करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ । 

हनुमानढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड नाै लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो ।