Skip This
भारतमा रहँदा नेपाली फुटबलबारे थाहा पाएँ : कार्लोस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
ब्राजिलियन टोलीको विश्वकप विजेता सदस्य रोबर्टो कार्लोस त्रिभुवन विमानस्थलबाट बाहिरिँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतमा रहँदा नेपाली फुटबलबारे थाहा पाएँ : कार्लोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२८:oo

सन् २००२ को ब्राजिलियन टोलीको विश्वकप विजेता सदस्य रोबर्टो कार्लोस मंगलबार बिहान काठमाडौं आएका छन् । भित्रुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कार्लोले आफूलाई नेपाली फुटबलबारे जानकारी भएको बताएका छन् । ‘भारतमा खेलाडी र प्रशिक्षकका रूपमा रहँदा मलाई नेपालको ग्रासरुट फुटबलबारे जानकारी थियो,’ उनले भने । 

ब्राजिलको राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेपछि कार्लोसले सन् २०१५ देखि २०१६ सम्म भारतीय सुपरलिग (आइएसएल)मा आबद्धता जनाएका थिए । उनले दिल्ली डाइनामोजको प्रशिक्षण सम्हालेका थिए । ‘यसअघि भारतमा प्रशिक्षणका निम्ति आउँदा नेपालबाट नजिकै थिएँ, त्यसैकारण मलाई नेपालको फुटबलबारे राम्रो जानकारी थियो,’ उनले भने, ‘नेपालमा यसअघि नआए पनि आज आउँदा उत्साहित छु ।’ 

यसअघि कार्लोस ५ वैशाखमा नेपाल आउने मिति तय भइसकेको थियो । तर, स्वास्थका कारण उनले पछि आउने जानकारी दिए । कार्लोससँगको निरन्तर सम्पर्कमा रहँदै आयोजकले एनएसएलका लागि उनलाई भित्राएको हो । यसअघि केपी ओली कप फुटबल प्रतियोगितामा सन् २००६ को विश्वकप च्याम्पियन इटालीका गोलरक्षक तथा कप्तान बुफन आएका थिए । विश्व फुटबलकै राम्रा मध्येका एक डिफेन्डर कार्लोसले स्पेनिस क्लब रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब भएको दावी गरेका छन् ।

‘रियाल माड्रिडमा हुँदा म विश्वकै उत्कृष्ट क्लबबाट खेलिरहेको थिएँ, मलाई रियलको हरेक खेल मनपथ्र्यो,’ उनले भने, ‘सपनालाई पूरा गर्न खेलाडीले निकै मिहिनेत गर्नुपर्छ, लिग हुँदै राष्ट्रिय टिमसम्मको प्रतिनिधित्व गर्न सक्छन् ।’ उनले रियलबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले एकपटक फिफा विश्वकप, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका थिए ।