Skip This
प्लास्टिकजन्य फोहाेर नबाल्न कामनपाको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्लास्टिकजन्य फोहाेर नबाल्न कामनपाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहाेर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ। प्लास्टिकजन्य फोहाेरबाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहाेर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् । 

महानगरबाट फोहाेर संकलन गर्न आउने सवारीसाधनमा सबै किसिमका फोहाेर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन्। उद्योग, कलकारखानालाई   ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गरिन्।