१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
२o८२ बैशाख ९ मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार ११:४५:oo

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् । 

बजेट कार्यान्वयनमा बाँकी अवधि महत्त्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सके मात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उनले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उनले बताए । 

‘पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे, तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन ? समीक्षा गर्नैपर्छ,’ उनले भने, ‘हामीले साउनदेखि मिहिनेत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी काम गर्न मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु ।’
 
आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुने गरी बजेटको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिए। अनुशासनको नाममा काम अड्काएर राख्ने नभई मन्त्रालयले निकास निकाल्ने गरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाए ।