
कक्षा १२ को परीक्षा नसर्ने भएको छ । तोकिएकै मिति ११ वैशाखमै परीक्षा हुने भएको हो । मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमीमा बसेको शिक्षसचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा सञ्चालन गर्न पत्राचार गर्ने जनाइएको छ ।
शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । ८ बजेदेखि बसेको बोर्डको बैठक सकिएको छ ।