१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ७ आइतबार १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा एसजे मोटोले सुरु गर्‍यो क्याफे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार १o:१२:oo

एसजे मोटोले लेकसाइड पोखरामा ‘एस जे मोटो हिमालयन जाभा क्याफे’ र ग्यालरीको सुरुवात गरेको छ । कम्पनीले हिमालयन जाभासँगको सहकार्यमा क्याफे सुरु गरेको हो ।

क्याफे र ग्यालरीमा प्रिमियम कफी पाइनुका साथै मोटरसाइकलका पारखी तथा अन्य यात्रुका लागि भेटघाट गर्ने थलोका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ । यो क्याफेले मोटरसाइकल र कफीप्रेमीलाई नयाँ अनुभव प्रदान गर्ने बताइएको छ । जसमा उच्चस्तरीय बाइकिङ गियर र सामानदेखि ताजा पकाएको कफीसम्म पाइने कम्पनीको भनाइ छ । 

‘मोटरसाइकलको रोमाञ्चकता र कफी संस्कृतिको न्यानोपनलाई एउटै ठाउँमा ल्याउन पाउँदा खुसी छौँ,’ एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘यात्रु र बाइकरका लागि प्रमुख गन्तव्य भएको पोखरा यस नयाँ उद्यमका लागि आदर्श स्थान बन्नेछ ।’