१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
सिराहाको नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया मृतक आनन्दीदेवी सदाय
२o८२ बैशाख ७ आइतबार o९:१४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आनन्दीदेवी मृत्यु प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार o९:१४:oo

सिराहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी यौन दुर्व्यवहारपीडित २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन् ।

समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढिलो दर्ता गरिएको, घटनासँग सम्बन्धित अन्य पक्ष र स्थानीय प्रहरीको भूमिकाको विषयमा छानबिन गरिनेछ । 

‘घटनापछि प्रहरीले जाहेरी दर्ता गर्न ढिलाइ गरेको कुरा पनि मिडियामा आएका छन्,’ उनले भने, ‘छानबिन समितिले त्यो पाटोसहित घाउ जाँच केस, मेडिकल रिपोर्टसहितका विषयको सूक्ष्म छानिबन गर्नेछ । समितिले घटनामा दोषी औँल्याएका प्रहरी भए पनि कारबाही हुन्छ ।’

त्यसबाहेक यौन दुर्व्यवहारका घटनामा संलग्न स्थानीय दुई युवकको जिल्ला प्रहरीसहित स्थानीय प्रहरी युनिटले खोजी गरिरहेकाले पक्राउ परेलगत्तै कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

आनन्दीदेवी मृत्यु प्रकरण घटनाको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा मृत झुन्डिएको भेटिएकी नवराजपुर– १ भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको घटनाको पनि छानबिन समिति संयोजक थिए ।

गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको भोलिपल्ट प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो ।