१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ७ आइतबार o७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक १९औँ वर्षमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार o७:१४:oo

घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर 

सिटिजन्स बैंक इन्टरनेसनलले घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइबसेका करिब १९ सय व्यक्तिलाई भोजनको प्रबन्ध गरेको छ । बैंकले १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा २० चैत ०८१ देखि ६ वैशाख ०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आज १८औँ वार्षिकोत्सव मनाउँदै छ । 

बैंकका अनुसार भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी–किनार, सडकछेउमा र पुलमुनि बस्ने घरबारविहीनलाई भोजन वितरण गरिएको हो । 

साथै, बैंकले २ चैतदेखि ५ वैशाखसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिसकेको छ । जसअन्तर्गत कोशीको हल्दिबारी र महेन्द्रचोक, मधेशको विद्यापति चोक, बागमतीको बुढानीलकण्ठमा शिविर सञ्चालन गरेको हो । त्यसैगरी, गण्डकीको अमरापुरी, लुम्बिनीको हस्पिटललाइन र जितपुर, कर्णालीको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविर आयोजना गरेको हो । यी स्वास्थ्य शिविरबाट करिब १७ सयजना बिरामीले लाभ प्राप्त गरेका छन् ।  

बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विविध कार्यक्रम गर्दै आइरहेको छ । साथै, सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । भावी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ । बैंकले देशभरि दुई सय शाखा, एक सय ६८ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।