१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
Invalid date format o७:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : राजस्थानमाथि लखनउ २ रनले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o३:oo

लखनउ सुपर जायन्टले शनिबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ । जयपुरमा भएको खेलमा लखनउले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो । प्रत्युत्तरमा राजस्थानले २० ओभरमा पाँच विकेटको क्षतिमा १७८ रन जोडेको थियो । राजस्थानलाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो । राजस्थानले ६ रन मात्र जोड्दा लखनउले रोमाञ्चक जित निकालेको हो । जितले लखनउ १० अंकका साथ चौथो स्थानमा उक्लेको छ । राजस्थान ४ अंकका साथ अंकतालिकाको आठौँ स्थानमा छ ।

ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि ८.४ ओभरमा ८५ रनको साझेदारी गरी राजस्थानलाई बलियो सुरुवात दिलाएका थिए । १४ वर्षको उमेरमै आइपिएलमा डेब्यु अवसर पाएका वैभवले २० बलमा ३४ रनको योगदान दिए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । कप्तान रायन पराग र जैसवालले तेस्रो विकेटका लागि ६२ रन जोड्दै टोलीलाई १७.१ ओभरमा १५६–३ को अवस्थामा राखे । आभेस खानको ओभरमा जैसवाल बोल्ड भए । उनले ५२ बलमा चार छक्का र पाँच चौका प्रहार गरी सर्वाधिक ७४ रनको योगदान दिए । 

आभेसले १७.७ ओभरमा कप्तान रायनको विकेट लिँदै लखनउलाई खेलमा फर्काउने प्रयास गरे । रायनले २६ बलमा ३९ रनको योगदान दिए । यसक्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे । यसअघिको ब्याटिङमा लखनउका लागि ओपनर एडेन माक्रनले सर्वाधिक ६६ रन बटुलेका थिए । उनले ४५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन जोडे । लखनउले ७.४ ओभरमा तीन विकेट गुमाएर ५४ रन जोडेको थियो । आयुष बदानीले ३४ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेले । आयुषले ३४ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । अब्दुल सामादले १० बलमा चार छक्का प्रहार गरी ३० रन बटुले । राजस्थानका लागि वानिन्दु हसरंगाले ३१ रनमा दुई विकेट लिए । जोफ्रा आर्चर, सन्दीप शर्मा र तुसारले समान एक विकेट हात पारे । 

दिल्लीमाथि गुजरातको सानदार जित
आइपिएलको ३५औँ खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । अहमेदाबादको मैदानमा पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर २०३ रन बनाएको थियो । प्रत्युत्तरमा गुजरातले १९.२ ओभरमा तीन विकेटको क्षतिमा २०४ रन जोड्यो । गुजरातको जितमा जोस बटलरले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ११ चौका र चार छक्का प्रहार गरे । सेफाने रुथफोर्डले ३४ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४३ रन बनाए । दिल्लीको ब्याटिङमा आशुतोष शर्माले १९ बलमा ३७ रन जोडेका थिए ।