१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८१ चैत २८ बिहीबार o८:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लुम्बिनी कपमा आठ टोली सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o८:५८:oo

लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालगन्ज रंगशालामा आगामी ५ देखि १२ वैशाखमा लुम्बिनी कप हुनेछ । सात दिनसम्म चल्ने प्रतियोगितामा नेपालका तीन विभागीय र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने बुधबार आयोजकले जनाएको छ ।

घरेलु टोली बाँके–११, नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली एफसी, सुदूरपश्चिम, सिलगुडी र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी निर्देशक जयनारायण शाहले बताए । 

प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । ‘लुम्बिनी कपपछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मतमा पनि सहयोग जुट्नेछ,’ शाहले भने । 

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै बृहत् हुने आयोजकले जनाएको छ । ‘प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ,’ शाहले भने । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कपले सहयोग गर्ने बताए ।