
जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम वीरगन्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि लगाइएकाे निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।
गत शनिबार हनुमानजयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुई पक्षबिच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।