१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार १o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरुंगीमा नियमित बससेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १o:४८:oo

धनकुटाको चौबिसे गाउँपालिका– ४ सुरुंगीमा नियमित बससेवा सुरु गरिएको छ । एक औपचारिक कार्यक्रमका साथ चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बससेवाको उद्घाटन गरेका छन् । सुनसरीको धरानबाट नियमित रूपमा कुरुले, मानेडाँडा हुँदै बस सुरुंगीसम्म पुग्नेछ भने सुरुंगीबाट पुनः धरान जानेछ ।

यसअघि परीक्षणको रूपमा बस सञ्चालन गरिएको भए पनि औपचारिक रूपमा बस सञ्चालनमा आएको थिएन । तर, अबदेखि धरानबाट नियमित रूपमा सुरुंगीसम्म यात्रुवाहक बस सञ्चालनमा आउने चौबिसे गाउँपालिका– ४ का वडाध्यक्ष लोकेन्द्र थापामगरले बताए । धरानबाट सुरुंगीसम्म नियमित बससेवा सुरु भएसँगै स्थानीयवासीलाई विभिन्न स्थानमा आवतजावत गर्न सहज भएको छ भने स्थानीय उत्पादनलाई तराईका बजारसम्म पुर्‍याउन र सस्तोमा खरिद गर्न पनि सहज भएको छ । 

बससेवा सञ्चालन हुनुअगाडि लामो समय हिँडेपछि मात्र गाढीगाउँसम्म गएपछि बस चढ्न सकिन्थ्यो । लामो समय बाटो हिँडेर बस चढ्नुपर्दा वृद्धवृद्धा र बालबालिकालाई समस्या हुँदै आएको थियो । तर, अहिले आफ्नै गाउँमा बससेवा सञ्चालन भएपछि सहज भएको वडाध्यक्ष थापामगरको बताए ।

गाउँमा बससेवा नियमित सुरु भएपछि सुरुंगी टोल विकास संस्थाले पञ्चेबाजासहित स्वागत गरेकाे छ । बससेवा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टंकमाया मगर, यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवीलगायतकाे सहभागिता रहेको थियाे ।