१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २७ बुधबार १o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका कार्यान्वयनमा उद्योगमन्त्रीको अवरोध 

स्वास्थ्य मन्त्रालयको निर्णय लागू नगर्न उद्योगमन्त्री भण्डारीको पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १o:२८:oo

सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका कार्यान्वयनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अवरोध गरेका छन् । उद्योगमन्त्री भण्डारीले पत्र नै पठाएर स्वास्थ्य मन्त्रालयलाई उक्त निर्देशिका कार्यान्वयन नगर्न भनेका हुन् । तर, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयको पत्र कार्यान्वयन नहुने प्रतिक्रिया दिएको छ । 

उद्योगमन्त्री भण्डारीले ११ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै १३ चैतमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए । मन्त्री भण्डारीले पत्रमार्फत ०८१ भदौदेखि लागू हुने नयाँ निर्देशिका कार्यान्वयन नगर्न भनेका छन् । पत्रमा निर्देशिका कार्यान्वयन नगर्न चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरूको माग आएकोसमेत उल्लेख छ ।

१३ माघमा स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए । यसअघिको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा थियो । त्यसलाई संंशोधित गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका थिए । निर्देशिका भदौ ०८२ देखि कार्यान्वयनमा आउने भनिएको थियो । नयाँ निर्देशिकाका कारण सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा असर पर्ने बताउँदै उद्योगीले उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसैका आधारमा उद्योगमन्त्रीले निर्देशिका कार्यान्वयन नगर्नेबारे निर्णय लिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्योग मन्त्रालयबाट आएको पत्र कार्यान्वयन नहुने बताए । ‘पत्र आएको छ, तर त्यो कार्यान्वयन हुँदैन । मन्त्रालय निर्णयबाट पछि हट्दैन किनभने सुर्तीजन्य पदार्थले निम्त्याएका रोगको अवस्था भयावह छ,’ उनले भने, ‘धूम्रपान सेवन कम होस् र नसर्ने रोगको पनि नियन्त्रण गरोस् भन्ने सोचले निर्देशिका ल्याइएको हो । उद्योग मन्त्रालयले अहिलेलाई सोच्यो । हामीले दीर्घकालीन रूपमा सोचेका छौँ । त्यसैले निर्देशिका कार्यान्वयन हुन्छ ।’