मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
२o८१ फाल्गुण १६ शुक्रबार ११:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफूखुसी घरबाट निस्केका न्यासुरको शव बागमती किनारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार ११:३८:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ का एक युवकको शव बागमती नदी किनारमा भेटिएको छ । उक्त शव इन्द्रसरोवर– ३ स्थित दोभानका ३५ वर्षीय श्याम न्यासुरको रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार आफूखुसी घर छोडी हिँडेका न्यासुरको खोजीका क्रममा उनलाई मृत अवस्थामा बागमती नदी किनारमा भेटिएको हो । घटनास्थल उनको घरभन्दा करिब दुई किलोमिटर पर रहेको उनले जानकारी दिए ।

न्यासुरको शव इन्द्रसरोवर– ३ दोभानस्थित बागमती नदीको बिचमा ढुंगामा अल्झेको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेर खबर गरेपछि सिस्नेरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उक्त शव न्यासुरको भएको पत्ता लागेको प्रवक्ता अर्यालले बताए ।

शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।