मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीविरुद्ध जनकपुरमा दलित अधिकारकर्मीको प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार ११:५६:oo

गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी जनकपुरमा दलित अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। अन्तरजातीय विवाह गर्ने दलित युवकमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार गरिएको घटनामा उनीमाथि कारबाहीको माग गरिएको हो । 

दलित महिला संघ, नेपाल राष्ट्रिय मुसहर संघ तथा जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतले विरोध प्रदर्शन गरेका हुन्। 

सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारलाई छुटाउन गृहमन्त्रीकै निर्देशनमा पटक-पटक पक्राउ गरेर यातना दिइएको विषय बाहिरिएपछि गृहमन्त्रीमाथि छानबिनको माग सडकदेखि सदनसम्म उठिरहेको छ।