मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३० बुधबार १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार

चन्द्रागिरिमा कौडा खेलिरहेका ११ जना आठ लाखसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १३:१५:oo

चन्द्रागिरि नगरपालिका– १० बोसीगाउँमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । वीरेन्द्र महर्जनको घरमा कौडा खेलिरहेको अवस्थामा वीरेन्द्रसमेत ११ जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद आठ लाख ५० हजार १०१ रुपैयाँ, कौडा १८ थान र तीन बुक ताससहित पक्राउ गरेको हो । 

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका– ४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका– ३ बस्ने ५७ वर्षीय गोपाल घिमिरेसमेत नाैजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो । 

बर्दियाको बारबर्दिया नगरपालिका– ९ बस्ने ३२ वर्षीय नीराजन राजवंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका –८ बस्ने ५४ वर्षीय वसन्तकुमार शर्मासमेत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मोतीपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७१ हजार ५२६ रुपैयाँसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।