Skip This
भारतको महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १६ बुधबार २३:३२:oo
Read Time : < 1 मिनेट
विश्व

भारतको महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार २३:३२:oo

 भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । 

गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएकोमा बुधबार बिहान एक्कासी भागदौड मच्चिएको अहो । 
मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको  बताए।