३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा पुगेको छ। गृह मन्त्रालयले मंगलबार विधेयक संसद् लगेको हो।
प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्षमा पेन्सन दिने सुविधा माग गर्दै आएका छन्। उनीहरूकै मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्योभन्दा तल्लो तहका प्रहरीले १६ वर्ष सेवा अवधि पुगेपछि मासिक निवत्तिभरण आजीवन पाउने उल्लेख छ। तर, सेवामा नियुक्ति भएको मितिले २० वर्ष सेवा अवधि पुगेपछि मात्र निवृत्तिभरण दिइने विधेयकको दफा ५७ मा उल्लेख छ।
विधेयकमा अवकाशको उमेरहद भने बढाइएको छ।
अवकाशको उमेरहद कसको कति?
प्रहरी महानिरीक्षक – ६० वर्ष
प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षक – ५९ वर्ष
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक– ५८ वर्ष
प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक – ५७ वर्ष
प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक– ५४ वर्ष
प्रहरी वरिष्ठ हवल्दा, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान– ५१ वर्ष
प्रहरी परिचर– ५५ वर्ष
त्यस्तै, पदावधिको प्रावधान पनि हेरफेर गरिएको छ। आइजिपी र एआाइजीको तीन, डिआइजीको पाँच, एसएसपीको ८ र एसपीको १० वर्ष राखिएको छ। अन्य, पदमा पदावधिको हद तोकिएको छैन।
यस्तो छ बिधेयक: