माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्। २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् । अध्यक्षको प्रत्यासीमा हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल र योगेन्द्र बुढा थिए।
सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राईले ६१५ मत ल्याएका छन्। ३२ वर्षे उमेरहद लागू भएपछि गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो। महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्। उनले ५९६ मत प्राप्त गरेका छन्। थापामगर हेमन्त राई प्यानलका हुन्। महासचिवको प्रत्यासीमा तिर्सना हमाल, पदम काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्याम मिजार र सञ्जीव फुँयाल पनि थिए।
अनेरास्ववियू (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरू