Skip This
माफी माग्दा पनि आशिका तामाङविरुद्ध गृह मन्त्रालयकै निर्देशनमा मुद्दामाथि मुद्दा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १६ बुधबार o७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माफी माग्दा पनि आशिका तामाङविरुद्ध गृह मन्त्रालयकै निर्देशनमा मुद्दामाथि मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार o७:o७:oo

कलाकार तथा अभियन्ता आशिका तामाङलाई प्रहरीले मुद्दामाथि मुद्दा लगाएको  छ । काठमाडौंमा १३ दिन थुनामा बसेर आइतबार धरौटीमा छुटेकी उनलाई भक्तपुरमा पनि थुनामा राखी मंगलबार अर्काे मुद्दा दायर भएको हो । स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा पक्राउ र मुद्दा चलाइएको छ ।

पशुपति विकास कोषबाट निष्कासित कर्मचारीको पक्षमा दबाब दिन जाँदा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले गत २ माघमा उनलाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । छुटेलगत्तै उनलाई फेरि पक्राउ गरी भक्तपुर प्रहरीको हिरासतमा राखिएको छ ।

केही महिनाअघि भक्तपुरको साँगास्थित झोलुङे पुलमा सर्वसाधारणसँग शुल्क उठाएको विवादमा उनले टिकट काउन्टरमा तोडफोड गरेकी थिइन् । जुन घटनामा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएकाले सो मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलमार्फत मंगलबार जिल्ला अदालत, भक्तपुरमा आपराधिक उपद्रो मुद्दा दायर भएको ढुण्डीराज नेउपानले बताए । ‘जिल्ला अदालत, भक्तपुरले आपराधिक उपद्रो मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको थियो,’ डिएसपी नेउपानेले भने, ‘जसमा हामीले अनुसन्धान सकाएर आजै प्रतिवेदन बुझाएकोमा सरकारी वकिलबाट अदालतमा मुद्दा दायरसमेत भइसकेको छ, थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीकै जिम्मा लगाएर पठाएको छ, अब शुक्रबार फेरि अदालतमा पेस गर्छाैँ ।’

अनुगमनका नाममा तामाङले असभ्य शैली अपनाउने गरेकोमा आलोचना बढेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । पक्राउ परेपछि तामाङले आफूले आवेगमा आएर बोल्दा गल्ती भएको भन्दै माफी मागेकी थिइन् । तर, प्रहरीले दुई साता हिरासतमै राखेर मुद्दा चलाएको थियो । जब कि यस्तो मुद्दामा १÷२ दिनबाहेक थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कुनै विषय हुँदैन । आफ्ना साना बच्चालाई समस्या हुने भन्दै उनले थुनामा नराखी अनुसन्धान गर्न भन्दासमेत प्रहरीले नसुनेको उनका सहयोगीले बताएका छन् ।