मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २६ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुष्पसदन बुद्धिचाल प्रतियोगितामा २५० खेलाडी सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १६:५५:oo

पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा शनिबारबाट सुरु हुने अन्तरविद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी २५० जना सहभागी हुने भएका छन्।

विद्यालयपरिसरमै पुस २९ गतेसम्म चल्ने पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता– २०२५ मा भारतका नाैजना विद्यार्थीसहित २५० विद्यार्थीले प्रतिस्पर्धा गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा पोखराका आठजना पनि सहभागी छन्।

तीन दिनसम्म चल्ने प्रतियोगिता शनिबार बिहान १० बजेबाट सुरु हुनेछ। साे दिन दुई राउन्ड तथा आइतबार तीन राउन्डमा प्रतिस्पर्धा हुनेछ। अन्तिम दिन सोमबार दुई राउन्डमै प्रतिस्पर्धा हुनेछ।

उनका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरसम्म लैजाने उद्देश्यले भारत, बंगलादेश, श्रीलंका तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो। प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीका आधारमा (७ राउन्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि र १५ वर्षमुनि उमेरका छात्रछात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन्। १०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीलाई स्वर्ण, रजत तथा कांस्य पदकसहित प्रमाणपत्र दिइनेछ।