मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
एजेन्सी वासिंटन डिसी
२o८१ पौष २५ बिहीबार o९:४२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर 

Read Time : < 1 मिनेट
एजेन्सी, वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o९:४२:oo

लस एन्जलसको उपनगरीय क्षेत्रमा जंगली डढेलोको असर पर्न थालेपछि त्यस भेगका दसौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् । अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स बस्तीनजिकै आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् । केही अन्य मानिस जलेको खबर आएको छ ।

भयानक हुरीले आगोलाई फैलाएकाले डढेलो नयाँ स्थानतर्फ पनि सल्किँदै गएको छ । डढेलोको कारण बुधबार बिहान लस एन्जलसको आकाश धुवाँको विशाल पर्दाले ढाकिएको देखिन्थ्यो ।

सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै स्थिति थप खराब हुने चेतावनी दिएका छन् । लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् ।

त्यहाँको आगो अहिलेसम्म लगभग तीन हजार एकडमा फैलिसकेको छ । लस एन्जलसको उत्तरमा अवस्थित अल्टाडेनावरपरका दुई हजार दुई सय एकडमा पनि आगजनी नियन्त्रणबाहिर पुगेको एएफपीले जनाएको छ ।