मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
ब्रह्मा चेलानी
२o८१ पौष २५ बिहीबार o९:२८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–भारत प्रतिद्वन्द्विताबाट निर्देशित हुनेछ एसियाको भविष्य

Read Time : > 3 मिनेट
ब्रह्मा चेलानी
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o९:२८:oo

चीन र भारतले पछिल्लो साता आफ्ना पहाडी सीमामा तनावपूर्ण सैन्य अवरोधलाई न्यून गर्न खोजेका छन् । सन् २०२० मा भारतको लद्दाख क्षेत्रको सिमानामा चीनको अतिक्रमणबाट सुरु भएको अवरोधले हिमालयमा प्रतिद्वन्द्वीबिच सैन्य विस्तार र झडपका घटना वृद्धि भएका छन् । अक्टोबर २३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच ब्रिक्स शिखर सम्मेलनको छेउमा भएको भेटले एसियाका ठुला राष्ट्रबिचको सम्बन्ध सुधार गर्ने पारस्परिक हितलाई उजागर गरेको छ । वास्तवमा सैन्य गतिरोधलाई निरुत्साहित गर्न र उनीहरूको विवादित सिमानामा शान्ति सुनिश्चित गर्न पारस्परिक कदमका लागि सम्झौता भएको थियो ।

तनावको सुरुवात सन् १९५० को सुरुमा भयो, जतिवेला चीनले ऐतिहासिक रूपमा चिनियाँ र भारतीय सभ्यताबिचको बफर क्षेत्रको रूपमा रहेको ठुलो क्षेत्र (तत्कालीन स्वायत्त तिब्बत) कब्जा गरेर आफूलाई भारतको छिमेकीको रूपमा चित्रित गर्‍यो । त्यो विलयले भारत र चीनबीच सन् १९६२ को सीमायुद्ध गरायो । सन् १९७६ मा माओत्सेतुङको मृत्युपछि दुई देशले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरे, तर मोडस भिभेन्डी (विवादित पक्षहरूलाई शान्तिपूर्ण रूपमा सहअस्तित्व गर्न दिने सहमति) गर्ने प्रयासका बाबजुद पनि आपसी आशंका र वैमनस्य कहिल्यै हटेन । हालैका वर्षमा भारतले चीनलाई सन्तुष्ट पार्ने मोदीको प्रारम्भिक प्रयासको तितो फल चाखिरहेको छ । सन् २०२० को चिनियाँ अतिक्रमणले भारतलाई दुःखी बनायो, जतिवेला देश कोभिड–१९ महामारीको प्रतिक्रियामा विश्वकै सबैभन्दा कडा लकडाउन लागू गर्न व्यस्त थियो ।

मोदीले सन् २०१४ मा प्रधानमन्त्रीको पदभार सम्हाल्दा बेइजिङसँगको सम्बन्धलाई पुनर्स्थापना गरी पाकिस्तानसँग चीनको रणनीतिक गठबन्धनलाई कमजोर बनाउन सहयोग पुग्ने विचार राखेका थिए । चीनजस्तै पाकिस्तान एक संशोधनवादी राज्य हो, जसले भारतीय क्षेत्रको ठुलो भूभागमा दाबी गर्छ । तर, पाकिस्तानले पनि सीमापार आतंकवादलाई विदेश नीतिको साधनको रूपमा प्रयोग गरेको छ । चीन–पाकिस्तानबिचको घनिष्ठताले भारतका लागि उच्च सुरक्षा लागत उत्पन्न गर्दै आएको छ, जसमा सैन्य मुठभेडको आभास बढेको छ । ‘रक्षात्मक फौज रणनीति’मार्फत भारतले लामो समयदेखि चीन–पाकिस्तान सम्बन्ध तोड्न असफल प्रयास गर्‍यो ।

मोदीको भारतीय जनता पार्टीका पहिलो प्रधानमन्त्री अटल बिहारी बाजपेयीले सन् १९९९ मा पाकिस्तानमाथि विश्वास हासिल गर्ने प्रयास गरेका थिए । त्यसको विपरीत मोदीले सत्तामा पुगेपछि चीनसँग मित्रता गर्ने कुरामा ध्यान केन्द्रित गरे । मोदीले अन्य कुनै पनि विश्वनेताभन्दा पहिले सीलाई आमन्त्रण गरे र चीनलाई ‘चिन्ताको देश’को सूचीबाट हटाउँदै चिनियाँ व्यवसायका लागि भारतीय अर्थतन्त्रको ढोका खुला गरे । तर, मोदीको शान्तिको प्रयास अनौठो ढंगले विफल भयो । सीले सन् २०१७ मा एक असामान्य उपहार बोकेर भारत भ्रमण गरे – भारतीय सीमा क्षेत्रमा अथाह चिनियाँ सैन्य घुसपैठ । भुटान–तिब्बत–भारतबिचको सीमामा अवस्थित दोक्लाम पठारमा सन् २०१७ मा चीन र भारतका सेनाबिच  सैन्य भिडन्त भयो । अघिल्ला पाँच वर्षमा मोदी र सीबिच भएका १८ बैठकका बाबजुद सन् २०२० मा चिनियाँ अतिक्रमण भयो ।

मोदीले सैन्य आधुनिकीकरणलाई प्राथमिकता दिने र सीमा सुरक्षालाई बलियो बनाउनेलगायत आफ्नो नीतिमा बृहत्तर यथार्थवादलाई जोड दिँदै आएका छन् । जोखिमका बाबजुद भारतले चीनसँग भिन्न विचार राखेर चीनको क्षमता र शक्तिलाई खुलमखुला चुनौती दिएको छ, जुन यो शताब्दीमा अरू कुनै शक्तिले गरेको छैन । वास्तवमा सीले गम्भीर रूपमा गलत अनुमान लगाए कि चीनले बलियो सैन्य प्रतिक्रियालाई आमन्त्रित नगरी भारतमा बदलिएको यथास्थिति लाद्न सक्षम हुनेछ । यस गतिरोधले एकपटकको मेलमिलापकारी भारतलाई एक शत्रुमा परिणत गर्नमा सीको रणनीतिक अदूरदर्शितालाई प्रकाश पारेको छ, जुन सिनोसेन्ट्रिक एसिया (चीन एसियाको सांस्कृतिक, राजनीतिक वा आर्थिक केन्द्र हो भन्ने विश्व दृष्टिकोण) लाई रोक्न कटिबद्ध देखिन्छ । सीले अमेरिकालाई ‘आफ्नो देशविरुद्ध चारै दिशाबाट नियन्त्रण, घेराबन्दी र दमन’ गरेको आरोप लगाएपछि चीनले आफ्नो सबैभन्दा ठुलो छिमेकीलाई शत्रु बनाएको थियो ।

यो सीको शक्तिशाली संशोधनवादले अन्य दुई प्रमुख इन्डो–प्यासिफिक शक्तिको रणनीतिक मुद्दामा ठुलो परिवर्तनलाई उत्प्रेरित गरेजस्तै हो । जापानले सन् २०२७ सम्म आफ्नो रक्षा खर्च दोब्बर गर्ने निर्णय गरेर प्रभावकारी रूपमा आफ्नो शान्तिवादी युद्धोत्तर सुरक्षा नीति त्याग्दै छ भने अस्ट्रेलियाले अमेरिकी नेतृत्वमा चीनविरोधी अउकस गठबन्धनमा सामेल भएर जोखिम समाप्त गरेको छ ।

आज, चीन–भारत तनाव कम गर्ने र साझा सीमामा जम्मा भएका सेनाहरूलाई फिर्ता गर्ने प्रयास विभिन्न भूराजनीतिक कारकद्वारा सञ्चालित छन् । अमेरिकासँग एकपटक सुमधुर बन्दै गरेको रणनीतिक साझेदारी खलबलिन थालेका वेला भारतका लागि एउटा विचार भनेको विदेश नीतिमा अझ बढी गतिशीलता हासिल गर्नु हो । तथापि राष्ट्रपति जो बाइडेनले यो सम्बन्ध ‘विश्वमा सबैभन्दा परिणाममुखी’ भएको स्वीकार गरेका छन् ।

चीन, आफ्नो विस्तारवादविरुद्ध बढ्दो पश्चिमी धक्काको सामना गर्दै छ । आफ्नो अर्थतन्त्र पहिले नै फड्को मार्दै गर्दा चीनले दीर्घकालीन वृद्धिमा बाधाहरूको सामना गरिरहेको छ, जसमा कम हुँदै गएको र द्रुत रूपमा बुढ्यौली जनसंख्या र सुस्त उत्पादकता वृद्धि समावेश छ । यसविपरीत भारत (जुन २८.४ को औसत उमेरका साथ विश्वको सबैभन्दा धेरै युवा जनसंख्या भएको देश बनेको छ) जनसांख्यिकीय लाभांश प्राप्त गर्न तयार देखिन्छ । भारतको अर्थतन्त्र चीनको तुलनामा सानो भए पनि अहिले अन्य महत्वपूर्ण अर्थतन्त्रको तुलनामा यो तीव्र गतिमा बढिरहेको छ ।

चीनको जनमुक्ति सेना १८ वर्षको उमेरमा दुई वर्ष सेवाका लागि स्पष्ट रूपमा ‘स्वयंसेवक’ भर्तीमा भर पर्छ भने भारतको सर्व–स्वयंसेवी सेना हाइब्रिड पर्वतीय युद्धमा विश्वको सबैभन्दा अनुभवी सेना मानिन्छ । तथापि, उच्च उचाइमा रहेको हिमाली वातावरणमा भारतको सैन्य धार मिसाइल पराक्रमसहित चीनको उच्च वायु शक्ति क्षमताले खण्डित गर्न सक्छ ।

यस पृष्ठभूमिमा राष्ट्रपति सी र मोदीले लज्जित वा अपमानबोध नगरी हिमालय क्षेत्रको सैन्य संकटलाई कम गर्न खोजेका छन् । सीमामा तनाव कम गर्नु दुवै नेताका लागि अर्थपूर्ण छ, तर चीन–भारत प्रतिद्वन्द्वी कमजोर हुने सम्भावना छैन । वास्तवमा, यो प्रतिद्वन्द्विताले एसियाली र विश्वव्यापी शक्ति सन्तुलनलाई आकार दिने वाचा गर्छ ।
– द हिलडटकमबाट (चेलानी भारतीय भू–रणनीतिज्ञ हुन् ।)