मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २५ बिहीबार o९:o७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o९:o७:oo

सन् १९६४ : पनामा नहरको सुरक्षार्थ तैनाथ अमेरिकी फौजले हानेको गोली लागेर पनामाका ६ विद्यार्थी मारिएपछि देशव्यापी विरोध सुरु भयो । पनामा नहर क्षेत्रमाथि अमेरिकाको स्वामित्वमाथि प्रश्न उठाउँदै विरोधमा उत्रिएका विद्यार्थीमाथि दमन हुँदा उक्त घटना भएको थियो । यस प्रकरणले अमेरिकालाई नहर पनामालाई सुम्पिने मनस्थितिमा पुर्‍याएको थियो । 

सन् १७६० : आक्रमणकारी अफगान फौजले मराठा फौजलाई जमुना नदीको तट बरारी घाटमा भएको युद्धमा हरायो । 

सन् १७९२ : रुस र टर्कीले पाँच वर्षदेखि चलिरहेको युद्ध रोक्ने सम्बन्धमा मोल्दोभाको ज्यासीमा ‘ज्यासी सम्झौता’मा हस्ताक्षर भयो । 

सन् १९८० : साउदी अरबले एक वर्षअघि इस्लामको सबैभन्दा पवित्र धार्मिकस्थल मक्कास्थित ग्य्रान्ड मस्क कब्जा गरेका विद्रोहीमध्ये ६३ जनालाई एकैपटक टाउको काटेर मृत्युदण्ड दियो । 

सन् १९९२ : बोस्निया हर्जगोभिनाको एक एकाइ ‘रिपब्लिक सप्स्र्का’ले अलग भएको घोषणा गरेपछि बोस्निया युद्धको बिउ रोपियो । तीन वर्ष लामो सो युद्धमा झन्डै एक लाखको मृत्यु भएको थियो । 

सन् २००५ : प्यालेस्टाइन राष्ट्रिय प्राधिकरणका नेता यासर अराफातको निधनपछि उनको उत्तराधिकारी चयनका लागि भएको निर्वाचनमा महमुद अब्बास विजयी भए । 

सन् २००५ : दोस्रो सुडान गृहयुद्धको अन्त्यका लागि सुडान सरकार र सुडान पिपुल्स लिबरेसन मुभमेन्टबिच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो । 

सन् २००७ : एप्पल कम्पनीका सिइओ स्टिभ जब्सले आइफोन सार्वजनिक गरे । 

सन् २०२४ : ३४ वर्षका गेब्रियल एट्ल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री चुनिए ।