सशस्त्र प्रहरी बलले विभिन्न रिक्त पदमा भर्नाका लागि दरखास्त मागेको छ। शुक्रबार सूचना प्रकाशन गरी सशस्त्रले एक हजार एक सय ७९ पदमा दरखास्त मागेको हो।
सशस्त्रले ६८ इन्स्पेक्टर, ८३ असई र नौ सय ४१ सशस्त्र प्रहरी जवान पदमा आवेदन मागेको छ । त्यस्तै, ८७ जना प्रहरी परिचरमा पनि भर्ना मागिएको छ। २४ पुसदेखि २४ माघभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ।