मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
सलमान खुर्सिद
२o८१ पौष १९ शुक्रबार १o:१७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मनमोहन सिंह युग : भारतको अर्थतन्त्र र समाज परिवर्तनको दशक

Read Time : > 2 मिनेट
सलमान खुर्सिद
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १o:१७:oo

सिंह एक दशकसम्म भारतको प्रधानमन्त्री रहँदा देश नाटकीय परिवर्तनबाट गुज्रियो

डा. मनमोहन सिंह एक दशकसम्म भारतको प्रधानमन्त्री रहे, जुन अवधिमा देशले नाटकीय परिवर्तन देख्यो । आर्थिक रूपमा उदीयमान भारतमा उनको योगदानलाई वास्तवमा नयाँ भारतका भावुक प्रतिवेदकले स्विकार्नुपर्छ । राज्यको वर्चस्व भएको अर्थतन्त्रलाई वास्तविकता र अवसरमा अरू कसैले पनि यति ठुलो ढंगले अगाडि बढाउन सकेन ।

अर्थतन्त्रको उदारीकरण एक सामाजिक कल्याणकारी राज्यको अधीनमा रहेर सावधानीपूर्वक खाका कोरिएको सामाजिक सुरक्षा कार्यक्रमसँगै आयो । बाबा भीमराव अम्बेडकरले संविधानसभालाई दिएको सचेतताको जीवित उदाहरणको रूपमा हाम्रो लोकतन्त्रमा स्वर्गीय सिंहले दिएको योगदानको स्मरण गरिनेछ ।

सन् २००९ को आमचुनावमा संयुक्त प्रगतिशील गठबन्धन आई (युपिएआई) लाई सानदार जित दिलाएपछि सिंहको मन्त्रिपरिषद्को सदस्य बन्ने मैले सुअवसर पाएको थिएँ । पाँच वर्षमा दोस्रो सफल कार्यकालको आधार तयार भइसकेको थियो र विकासका कार्य गर्न बाँकी थिए । उनी व्यापारका सर्तलाई कृषि क्षेत्रमा सार्नुपर्ने बताउँथे । त्यसका लागि आधारभूत पुनर्संरचना आवश्यक भए पनि किसानका लागि ७० हजार करोडभन्दा बढी रुपैयाँ ऋण माफीले तत्काल हस्तक्षेप गरेको थियो । सायद युपिएलाई पुनः निर्वाचित गर्ने सबैभन्दा महत्वपूर्ण कारक यही थियो ।

शिक्षाको अधिकार वा आरटिई (निःशुल्क र अनिवार्य शिक्षा), राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन वा एनआरएचएम (निःशुल्क स्वास्थ्य सेवा)जस्ता थप कल्याणकारी सुविधाहरूका साथ महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन वा एमजिएनआरइजिए (रोजगार सुनिश्चितता) लाई अझ राम्रो बनाउनु थियो । अन्तमा नयाँ जग्गा अधिग्रहण ऐनले समन्यायिक क्षतिपूर्ति र पुनस्र्थापनाका लागि दूरदर्शी योजना ल्यायो ।

राजनीतिक सुधारबाट नआएका आर्थिक सुधारका कुरालाई भारतमा परिमार्जन गरेर लागू गर्न सकिन्छ । ती सुधार लोकतान्त्रिक कमजोरीलाई निस्तेज पार्न आवश्यक थियो ।

असन्तुष्टि विघटनमा परिणत भयो । राजनीतिक व्यवस्थालाई नै बदनाम गराइयो । आफैँ सत्याग्रहमा जन्मेको कंग्रेस निरन्तर नागरिक अवज्ञाको सिकार भयो । भ्रष्टाचारका झुटा दाबीले पनि उत्कृष्ट कल्याणकारी राज्यलाई ध्वस्त पार्‍यो ।

समसामयिक विभाजनकारी राजनीतिको अभियानले समता र उद्यमको युगको सान्त्वनादायी स्मृतिलाई मेटाउन सक्दैन, जुन उनले हामीलाई आफ्नो बिरासतको रूपमा छाडेका थिए । तर, पक्कै पनि पछिल्ला वर्षमा कसरी विसंगति र विकृतिको सहारा लिइएको छ भनेर उनी दुःखित भएको हुनुपर्छ । उनको निधनमा हामी सबैले शोक व्यक्त गर्दा र हाम्रो जीवनमा मनोवैज्ञानिक शून्यताको उदय भएको महसुस गर्दा सिंहले परिकल्पना गरेको सुखी र स्वस्थ समाजको सपना टुटेको देख्नु निश्चय नै दुःखद पक्ष हो । हामी भारतको आत्मा र हाम्रो संविधानको रक्षा गर्न सहभागी हुँदा उनी साहस प्रदान गर्न त्यहाँ हुनेछैनन् ।

व्यक्तिगत रूपमा सिंहले सन् २०१४ को आमचुनावका बिचमा कोलम्बो कमनवेल्थ सम्मेलनमा प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने विश्वास दिएकोमा म कृतज्ञ छु । श्रीलंकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको मतदान र प्रणव मुखर्जीको नेतृत्वमा भारतसँग भ्रष्टाचारविरुद्धको वार्ताका नाजुक क्षणले सबैलाई अमिट छाप छोडेको छ । त्यस्तै, उनले दिएका कोमल व्याख्या र निर्देशन, उनको शिक्षकजस्तो विशिष्ट व्यक्तित्वले हाम्रा सहकर्मी सबैलाई गहिरो छाप छोड्यो ।

अर्थशास्त्रमा उनको गहिरो समझलाई विश्वले पहिचान गरे पनि परराष्ट्र नीति र सामाजिक नीति उनको दिमागमा सधैँ अगाडि हुन्थ्यो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका छन्, ‘जब डा. सिंह बोल्छन्, विश्वले सुन्छ । दुःखको कुरा हामीले उनलाई नसुन्ने मात्र होइन, कुरा गर्न पनि छोड्यौँ ।

धर्मनिरपेक्षताको बलियो प्रतिरक्षामा उनले अल्पसंख्यकहरूको अधिकारका लागि बोले । एक महान् मानवतावादी भावनालाई बेवास्ता गरिएको थियो । उनले कानुनको मार्गमा हस्तक्षेप नगर्ने निधो गरे । प्रभावहीन भएको भन्दै उनको आलोचना गरियो ।

उनले कंग्रेस सभापति र पार्टीप्रति सम्मान प्रकट गर्दै स्वतन्त्र नभएको आरोप लगाए । उनको परिष्कृत बुद्धि र अभेद्य चरित्रले उनलाई ‘आकस्मिक प्रधानमन्त्री’ बनायो । तर, हाम्रा सन्ततिको भविष्यको ख्याल गर्ने मानिसहरूका लागि उनी एक आदर्श प्रधानमन्त्री थिए ।

उच्च बौद्धिक चरित्रको सन्दर्भमा भावी सार्वजनिक व्यक्तित्वलाई उनले पद छाप छोडेका छन् । सर्वसाधारण भन्छन् कि राजनीति अधोगति र भ्रष्टताको अथाह गहिराइमा झरेको छ । यदि केही खगोलविद् बाँकी छन् भने तिनीहरूले आकाशमा शिष्टता, मर्यादा, समर्पण, विद्वता, राष्ट्रप्रतिको समर्पणका विशेषतासहितको एक चम्किलो तारा देख्नेछन्, जसको नाम मनमोहन सिंह हो । हामी हाम्रो मार्गलाई अगाडि योजनाबद्ध ढंगले बढाऔँ । त्यो मार्ग सदैव ताराद्वारा निर्देशित होस् ।

–द वायरबाट