मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १९ शुक्रबार १o:११:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारी सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १o:११:oo

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव 

काठमाडौं÷ ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंक बिहीबारदेखि स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंकले १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । 

‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अंगीकार गर्ने हो,’ उनले भने । 

बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको ढकालले बताएका छन् । 

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

वार्षिकोत्सवकै अवसरमा बैंकले १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरेका हुन् ।