मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १८ बिहीबार २o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ

२०औँ लेखनाथ महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार २o:५८:oo

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ सात तालको बगैँचा सहर पोखराको लेखनाथमा बिहीबारदेखि २०औँ संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवं राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । महोत्सव १ माघसम्म चल्नेछ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य र साझेदारी गरी अघि बढ्न चाहेको बताए । सरकार र निजी क्षेत्रको सहकार्यले मात्र अर्थतन्त्रमा सुधार गर्दै यसलाई मजबुत बनाउन सकिने उनको भनाइ छ । सरकारका नीति नियमका कारण कारण उद्योग, व्यापार, व्यवसायमा बाधा अवरोध पुगेको भए त्यसको समाधानका लागि सरकार तयार रहेकोसमेत पाण्डेले बताए । 

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, नव प्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवर्द्धन गने उद्देश्यसहित महोत्सव सुरु भएको संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए।

महोत्सवमा ३३६ बटा स्टल रहेको संघका महासचिव एवं महोत्सवकी प्रचार प्रसार उपसमितिका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्।