श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा २०८१ मंसिर ३० गते बुटवल, रुपन्देहीमा सम्पन्न भएको छ। सुद्धाेदन -४, रुपन्देहीस्थित कम्पनीमा भएकाे साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सतिसचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ।
यसका साथै, सञ्चालक समिति सदस्यको रूपमा मौसमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल, रामकृष्ण खतिवडा र स्वतन्त्र सञ्चालक सदस्यको रूपमा अमरबहादुर थिङलाई निर्विरोध निर्वाचित गरेको छ। साधारण सभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको वार्षिक प्रतिवेदन पारित गरेको छ।
त्यसैगरी, कम्पनीको कुल चुक्ता पुँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाद्वारा निर्वाचित नयाँ सञ्चालकहरूलाई निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनीयताको शपथ गराएका थिए।यसअघि सम्पन्न साधारण सभामा कम्पनीसँग साझेदारी गर्ने उत्कृष्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा, सुद्धाेधन गाउँपलिका, रुपन्देहीका उपाध्यक्ष, शान्तादेवी ज्ञवाली, लुम्बिनी- प्रदेश कृषि सहकारी संघ लि. अध्यक्ष, गोपाल पौड्याल, कम्पनीका सेयरधनी तथा पूर्वराजदूत दुर्गेशमान सिंह, सेयरधनी वरिष्ठ उद्यमी गजेन्द्र ब. श्रेष्ठ, आइजिआई प्रुडेन्सियल इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बाडे श्रेष्ठ र शिखर इन्सुरेन्सका प्रमुख वित्तीय अधिकृत सुरज राजबाहाकलगायतको उपस्थिति रहेको थियो।