मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गमका विद्यार्थीलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १४:३१:oo

चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत  विद्यार्थीलाई  न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं नागार्जुन नगरपालिका– १० साबिकको स्युचाटारका समाजसेवी शिवकुमार पन्तको सहयोगमा र मुगु जिल्लामा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ गाउँपालिका– ९ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका– १३ लापु गाउँका  दलित समुदायसँगै उक्त गाउँमा रहेको नमुना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्रीहरू सहयोग गरिएको हो । 

फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्ती र दुई विद्यालयमा न्यानो कपडा वितरण गरिएको पन्तले बताए । समाजसेवी शिवकुमार पन्तले मंगलबार मुगुम कार्मारोङ गाउँपालिकाका– ९ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा पुगी १२८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

सँगै छायानाथ रारा नगरपालिका– १३ लापुगाउँको दलित बस्तीका स्थानीय र लापुगाउँमै रहेको नमुना आधारभूत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

पन्तका अनुसार लापुगाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विषय विभिन्न सञ्चारमाध्यममा आएपछि आफ्नो ध्यानाकर्षण भएको र आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरूका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेसनरी सामग्री सहयोग गरिएको हाे ।