मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पथरी पथरी–शनिश्चरे– ९ का २४ वर्षीय रामप्रसाद खरेल र पथरी–शनिश्चरे– ८ का १९ वर्षीय टंकबहादुर थापालाई सोमसार साँझ पक्राउ गरेको हो ।
सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा क्यासएपका विभिन्न पोर्टलहरूबाट अनलाइन सट्टेबाजी खेलाउने गरेको फेला परेको थियो । पक्राउ परेका रामप्रसाद र कमलबहादुरले अनलाइन सट्टेबाजी खेल्न उत्प्रेरित गर्दै एकाउन्ट बनाइदिने र विभिन्न क्यासएपहरूको प्रचारप्रसार गराउन सहयोग गरिदिने गरेका थिए ।
प्रहरीले अनलाइन सट्टेबाजी खेलाउँदै गर्दा घटनास्थलबाट एकथान डेल कम्पनीको ल्यापटप, चार्जरसहित विभिन्न उपकरणहरू र हस्तलिखित कपी र मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई प्रतिबन्धित अनलाइन सट्टेबाजी कसुरमा मंगलबार सात दिन अदालतमा भ्याद थप गरेर अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।