मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ मङ्सिर १३ बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव हुने 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १२:१९:oo

सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारतकाे उत्तराखण्डस्थित देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । 
कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहयोगमा देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन गर्ने भएको हो ।

आगामी पुस तेस्रो सातादेखि एक साताका लागि भारतमा व्यापार पर्यटन महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले तेस्रोपटक अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन गर्न लागिएको बताए । अध्यक्ष जोशीले महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्झौता भइसकेको बताए । ‘हामीले मन्त्रालयसँग सम्झौता गरिसकेका छौँ,’ उनले भने, ‘सम्झौताअनुरूप स्टलका लागि समेत तयारी अघि सारेका छौँ ।’ 

यसअघि वाणिज्य संघले दुईपटक देहरादुनमा मेला लगाइसकेको छ । सन् २०१७ र २०१८ मा मेला सञ्चालन गरिसकिएको र तेस्रोपटक २०२५ मा गर्न लागेको हाे । वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र रावलको पालामा दुईपटक गरिएको र अहिले पीताम्बर जोशीको पालामा तेस्रोपटक मेला गर्न लागिएको हाे । ६ वर्षपछि हुन लागेको महोत्सवमा नेपाली वस्तु तथा सेवाका ५० भन्दा बढी स्टल रहने अध्यक्ष जोशीले बताए ।

‘कोरोना महामारीदेखि विविध समस्याले हामीले यसबिचमा भारतमा मेला लगाउन सकेनौँ,’ अध्यक्ष जोशीले भने, ‘अब फेरि सरकारसँग समन्वय गरेर मेला सञ्चालन गर्दै छौँ ।’