स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा लगिएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो ।
उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । मनाङे आजै जेल चलान हुनेछन् ।
गत २० कात्तिकमा सर्वोच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङे एक सातापछि पक्राउ परेका हुन् । सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ ।
०६१ सालमा अर्का गुन्डानाइके चक्रे मिलनको हात छिनाएको घटनामा सर्वोच्चले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो । उच्च अदालतले गरेको पाँच वर्ष कैदको सजायलाई सर्वोच्चले सदर गरेको हो । गुन्डागर्दी पृष्ठभूमिका उनी मनाङ (२) बाट निर्विरोध निर्वाचित भई ६ पटक गण्डकी प्रदेशमा मन्त्री भएका थिए ।